Showing posts with label कला जीबन. Show all posts
Showing posts with label कला जीबन. Show all posts

परेली झिम्काईबाट थाहा हुन्छ व्यक्तित्वको रहस्य

भनिन्छ आंखा हृदयको ऐना हो । कुनैपनि व्यक्तिको हृदयको हाल उसका आंखाले बताएको हुन्छ । सांच्ची भन्ने हो भने जस्ले आंखालाई पढन जान्दछन उसले कसैको पनि हृदयको हाल सजिलैसंग सम्झन सक्छन् । आंखाको भाषा पढन त धेरैले जानेका हुन्छन तर तपाई त्यस्ता कति जना मानिसलाई जान्नुहुन्छ जो आंखाका परेला झिम्काउने तरिकाबाट उसको स्वभावलाई बताउन सक्छन् । तर ज्योतिष विज्ञानमा यो पनि संभव छ । आउनोस हामीले पनि जानौं आंखाका परेला झिम्काईबाट उस्को व्यक्तित्वको रहस्य … ।

फिल्म फेस्टिभलमा छानिए नेपाली सिनेमा

नेपाल र लिथुवानीयाँबीचको साँस्कृतिक आदानप्रदानको क्रममा भैरहकेको सिने महोत्सवमा वर्ष २०६७ मा रिलिज भएका तीन नेपाली सिनेमाहरु छानिएका छन् । किशोर राना, लक्ष्मीनाथ शर्मा र रमेश बुढाथोकी रहेको जुरी टोलीले नेपालका तीन सिनेमा र एक डकुमेन्ट्री छानेको हो ।

छानीएका तीन चलचित्रहरु 'बाटोमुनिको फूल', 'पटाचारा' र 'दासढुङ्गा' हुन् भने नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर राखेर 'एडभेन्चर एन्ड एट्रेक्सन इन नेपाल' नामक डकुमेन्ट्रि पनि छनौट भएको छ । 'बाटोमुनिको फूल'मा जातीय विभेदमा अस्विकृत हुने प्रेम लगायतका पारिवारिक सम्बन्धका कुरा छन् । चलचित्रमा यशकुमार नायकका रुपमा देखिएका छन् जसलाई छुवाछुतले पिरोलेको हुन्छ ।

'बाटोमुनिको फूल'को डिभिडी सेल राम्रो'

सामाजिक छुवाछुत र भेदभावबारे निर्माण गरिएको सिनेमा 'बाटोमुनिको फूल'को डिभिडी तथा भिसिडी गत बैशाख २३ गते शुक्रबार हाइटेक इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ । सार्वजनिक गरेपछिको स्थितिमा सिनेमाको डिभिडि तथा भिसिडिको सेल राम्रो भैरहेको डिभिडि वितरक राजेन्द्र मानन्धरको कथन छ ।  

स्क्रिप्टजस्तै मेरो जीवन -हरिवंश आचार्य

haribansa_acharya_in_400म सडक, गल्ली, डाँडाकाँडा, अरुको घर, बसपार्क, हवाई अड्डा जहीँतहीँ रोएको छु। लाज मानी मानी, मन नलागी नलागी रोएको छु। क्यामेरा हुन्छ। एक्सन-कट हुन्छ। रोएको मिलेन भने दोहोर्‍याएर, तेहर्‍याएर रुनुपर्छ। म त्यहाँ जति पल्ट पनि रुन सक्छु। त्यहाँ अर्कैको श्रीमती वा छोरी मेरी श्रीमती हुन्छिन्। उनलाई अँगालो मारेर आफ्नी श्रीमती सम्झी रुनुपर्छ। कपालमा सेतो रङ लगाएर वृध्दा बनेकी महिलालाई आमा भन्नुपर्छ। खुट्टा समातेर, भावविभोर भएर रुनुपर्छ। आँसु नआउँदा आँखामा ग्लिसिरिन हालेर निकाल्नु पर्छ। यो त मैले लेख्ने चलचित्रको स्क्रिप्ट हो।